हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए « Khabarhub

हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र९सिसीएमसी० का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन् ।

मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन् ।

केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९३६ छन् ।

स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५४६, प्रदेश नं २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश नं ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदुरपश्चिम प्रदेशका १ हजार ७३७ रहेको केन्द्रले जनाएको छ । फर्कने मध्ये ८हजार ४९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : १० बजे

संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु