सडक छेउमै फोहोर फाल्दा मध्यपहाडी लोकमार्ग दुर्गन्धित « Khabarhub

सडक छेउमै फोहोर फाल्दा मध्यपहाडी लोकमार्ग दुर्गन्धित


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको मोदी गाउँपालिकाको डिमुवा बजार र पातीचौर बजारबाट निस्केको फोहोर सडकको आसपासमानै बिसर्जन गर्दा मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक दुर्गन्धित बन्न थालेको छ ।

मोदी गाउँपालिकाको डिमुवा र पातीचौर बजारबाट दैनिक निस्किने फोहोरले राजमार्गमा दुर्गन्ध फैलिएको हो ।

गाउँपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्प नखोज्दा एकातिर लोकमार्ग भत्किने खतरा बढेको छ भने अर्कोतिर फोहर सिधै ऊर्जा नदीको रुपमा परिचित मोदी खोलामा फालिदाँ नदीमा प्रदूषणसमेत बढेको छ ।

पालिकाको केन्द्र रहेको पातीचौर बजारदेखि झण्डै ५०० मिटरको दूरीमा रहेको डिमुवा बजारभन्दा केही पर फोहोर फालिँदै आएको छ । दुवै बजारको सबै फोहोर सडक छेउमा फालिँदा दुर्गन्धले स्थानीय, सवारी चालक र यात्रामा निस्कने यात्री बढी समस्यामा पर्ने गरेका छन् ।

बर्खाको समयमा दुर्गन्ध नआए पनि अब गर्मीको समयमा फोहोरको दु्र्गन्ध फैलिएर समस्या पर्ने गरेको स्थानीय ठक्कर शर्माले बताए । राजमार्गमा फोहोर नफाल्न सम्बन्धित निकायलाई धेरै आग्रह गरे पनि कतैबाट सुनुवाइ नभएको उनको भनाइ छ ।

राजमार्ग नजिकै फोहोर फाल्दा बसभित्रै नाक थुनेर यात्रा गर्नुपर्ने बाध्यता आएको यात्री गोपाल शर्माले बताए । पैदल हिँड्दा त नाक थुनेर पनि वारपार गर्न कठिन हुन्छ । गर्मीयाम बढेसँगै आसपासका बस्तीमा चौबीसै घण्टा दुर्गन्धले बस्नै नसकिने स्थानीयवासीको गुनासो रहेको छ ।

बजारबाट निस्केको फोहरले डिमुवा–नयाँपुलङखण्डको डिमुवा बजार क्षेत्रको भाग पहिरोको जोखिममा छ ।

गाउँपालिका अहिले पनि व्यवस्थित स्थानको खोजीमा रहेको र अब छिट्टै उपयुक्त स्थानमा बजारको फोहोर व्यवस्थापन गरिने मोदी गाउँपालिकाका प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए। उनले फोहोर फाल्ने उचित ठाउँ पाउने बित्तिकै निर्माणका लागि काम शुरु गरिने बताए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ११ : ३० बजे

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट