सडक छेउमै फोहोर फाल्दा मध्यपहाडी लोकमार्ग दुर्गन्धित « Khabarhub

सडक छेउमै फोहोर फाल्दा मध्यपहाडी लोकमार्ग दुर्गन्धित


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको मोदी गाउँपालिकाको डिमुवा बजार र पातीचौर बजारबाट निस्केको फोहोर सडकको आसपासमानै बिसर्जन गर्दा मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक दुर्गन्धित बन्न थालेको छ ।

मोदी गाउँपालिकाको डिमुवा र पातीचौर बजारबाट दैनिक निस्किने फोहोरले राजमार्गमा दुर्गन्ध फैलिएको हो ।

गाउँपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्प नखोज्दा एकातिर लोकमार्ग भत्किने खतरा बढेको छ भने अर्कोतिर फोहर सिधै ऊर्जा नदीको रुपमा परिचित मोदी खोलामा फालिदाँ नदीमा प्रदूषणसमेत बढेको छ ।

पालिकाको केन्द्र रहेको पातीचौर बजारदेखि झण्डै ५०० मिटरको दूरीमा रहेको डिमुवा बजारभन्दा केही पर फोहोर फालिँदै आएको छ । दुवै बजारको सबै फोहोर सडक छेउमा फालिँदा दुर्गन्धले स्थानीय, सवारी चालक र यात्रामा निस्कने यात्री बढी समस्यामा पर्ने गरेका छन् ।

बर्खाको समयमा दुर्गन्ध नआए पनि अब गर्मीको समयमा फोहोरको दु्र्गन्ध फैलिएर समस्या पर्ने गरेको स्थानीय ठक्कर शर्माले बताए । राजमार्गमा फोहोर नफाल्न सम्बन्धित निकायलाई धेरै आग्रह गरे पनि कतैबाट सुनुवाइ नभएको उनको भनाइ छ ।

राजमार्ग नजिकै फोहोर फाल्दा बसभित्रै नाक थुनेर यात्रा गर्नुपर्ने बाध्यता आएको यात्री गोपाल शर्माले बताए । पैदल हिँड्दा त नाक थुनेर पनि वारपार गर्न कठिन हुन्छ । गर्मीयाम बढेसँगै आसपासका बस्तीमा चौबीसै घण्टा दुर्गन्धले बस्नै नसकिने स्थानीयवासीको गुनासो रहेको छ ।

बजारबाट निस्केको फोहरले डिमुवा–नयाँपुलङखण्डको डिमुवा बजार क्षेत्रको भाग पहिरोको जोखिममा छ ।

गाउँपालिका अहिले पनि व्यवस्थित स्थानको खोजीमा रहेको र अब छिट्टै उपयुक्त स्थानमा बजारको फोहोर व्यवस्थापन गरिने मोदी गाउँपालिकाका प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए। उनले फोहोर फाल्ने उचित ठाउँ पाउने बित्तिकै निर्माणका लागि काम शुरु गरिने बताए ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ११ : ३० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल