कतारबाट २९३ नेपाली स्वदेश फर्किए « Khabarhub

कतारबाट २९३ नेपाली स्वदेश फर्किए


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कतारबाट दुई उडानमार्फत २९३ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत ४५ औं र ४६ औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ३ महिलासहित १४७ जना तथा नेपाल एयरलाइन्सकै अर्को उडानमार्फत १५ महिलासहित १४६ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

स्वदेश फर्कन लागेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यसैगरी, नेपाल एयरलाइन्सले दोहा-काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर २७, २९ र ३० तारिखका लागि उडान तय भएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ९ : ४५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा