मनसुन शुरु भएयता प्राकृतिक विपत्तिबाट गण्डकीमा १२६ जनाको मृत्यु « Khabarhub

मनसुन शुरु भएयता प्राकृतिक विपत्तिबाट गण्डकीमा १२६ जनाको मृत्यु


१० आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- यो वर्ष मनसुन शुरु भएयता बाढी, पहिरो र चट्याङले गण्डकी प्रदेशलाई नराम्ररी प्रभावित बनाएको छ ।

नेपालमा गत जेठ २७ गतेदेखि मनसुन शुरु भएको छ । त्यसयता असोज ९ गतेसम्म बाढी, पहिरो र चट्याङलगायत प्राकृतिक विपद्मा परेर यो प्रदेशमा १२६ जनाले ज्यान गुमाएका छन् भने २३ बेपत्ता छन् । विपद्मा परेर ८९ जना घाइते भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार प्राकृतिक विपद्मा परेर मृत्यु हुनेमध्ये पुरुष ४४, महिला ४०, बालिका २३ र बालक १९ रहेका छन् । त्यस्तै बेपत्तामध्ये नौ जना बालबालिका छन् भने घाइतेमध्ये पुरुष ४३, महिला २९, बालिका सात र बालक १० रहेका छन् ।

मनसुन शुरु भएयता प्रदेशको मनाङ बाहेकका सबै जिल्लामा बाढी, पहिरोलगायत प्राकृतिक विपद्जन्य घटनामा परी ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी बाग्लुङमा ३६ जनाको मृत्यु भएको छ । तीमध्ये १५ महिला, १२ पुरुष, तीन बालिका तथा छ बालक रहेका छन् ।

त्यस्तै प्राकृतिक विपद्मा परेर म्याग्दीमा सात महिला, नौ पुरुष, नौ बालिका र छ बालक गरी कूल ३१ जनाले ज्यान गुमाएका छन् । स्याङ्जामा पाँच महिला, नौ पुरुष र एक बालक गरी कूल १५ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए ।

त्यसैगरी सो अवधिमा प्राकृतिक विपद्मा परेर तनहुँमा पाँच महिला, पाँच पुरुष र तीन बालिका गरी कूल १३ जना, कास्कीमा तीन महिला, दुई पुरुष, तीन बालिका तथा तीन बालक गरी कूल ११, पर्वतमा दुई महिला, एक पुरुष, पाँच बालिका र एक बालक गरी कूल १० जनाको मृत्यु भएको छ ।

लमजुङमा एक महिला, दुई पुरुष र एक बालक गरी कूल चार, गोर्खामा एक महिला तथा दुई पुरुष गरी कूल चार, नवलपरासीमा एक महिला तथा एक पुरुष गरी कूल दुई जना र मुस्ताङमा एक पुरुषको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म २३ जना बेपत्ता रहेकोमध्ये बाग्लुङका १६, म्याग्दीका पाँच, स्याङ्जा र गोरखाका एक/एक जना छन् । नौ महिला र पाँच पुरुष बेपत्ता छन् ।

प्राकृतिक विपद्मा परेर प्रदेशका १० वटै जिल्लामा गरी हालसम्म एक हजार ६१५ परिवारका छ हजार ७७३ जना विस्थापित भएका छन् भने ९७० घर जोखिममा रहेको बताइएको छ । म्याग्दीमा सबैभन्दा बढी ७१७ घरका तीन हजार १२५ जना विस्थापित भएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : २४ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको