आईपीएलमा राजस्थान रोयल्सको शानदार जित, मुम्बई ८ विकेटले पराजित « Khabarhub

आईपीएलमा राजस्थान रोयल्सको शानदार जित, मुम्बई ८ विकेटले पराजित


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले शानदार जित हात पारेको छ ।

अबुधाबीमा आइतबार राति भएको खेलमा राजस्थानले मुम्बईमाथि ८ विकेटको सानदार जित निकालेको हो ।

शेख जायद क्रिकेट मैदानमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो ।

राजस्थानको जितमा बेन स्टोक्सले अविजित रहदै १ सय ७ रनको शतकीय इनिङ्स खेले । स्टोक्सले ६० बलमा ३ छक्का र १४ चौका प्रहार गरे ।

यस्तै सन्जु सामसनले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

स्टोक्स र सामसनले तेस्रो विकेटका लागि अविजित १ सय ५२ रनको साझेदारी गरे ।

राजस्थानका रोबिन उथप्पाले १३ तथा कप्तान स्टिभ स्मिथले ११ रन बनाए । मुम्बईका जेम्स पाटिनसनले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

मुम्बईको उच्च स्कोरका लागि हार्दिक पाण्डयले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सूर्यकुमार यादबले ४० रन जोडे । इशान किशनले ३७ रन जोड्दा सौरभ तिवारीले ३४ रन बनाए ।क्विनटन डी कक र कप्तान केइरन पोलार्ड समान ६/६ रन बनाएर आउट भए ।

राजस्थानका श्रेयस गोपाल र जोफ्रा आर्चरले २/२ विकेट लिए । कार्तिक त्यागीले १ विकेट लिए ।

जितसँगै राजस्थानले मुम्बईसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिएको छ । सिजनको पहिलो भेटमा राजस्थानलाई मुम्बईले ५७ रनले हराएको थियो ।

जितसँगै राजस्थान १२ खेलमा १० अंक जोड्दै तालिकाको छैठौँ स्थानमा उक्लिएको छ ।

मुम्बई भने ११ खेलमा १४ अंकसहित शीर्ष स्थानमा यथावत छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ५ : ५० बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।