सन्दीपले भने :  म टाढा भए पनि मन नेपालमै छ  « Khabarhub

सन्दीपले भने :  म टाढा भए पनि मन नेपालमै छ 


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले विजया दशमीको शुभकामना दिएका छन् । सामाजिक संजाल ट्वीटरमार्फत उनले शुभकामना दिएका हुन् ।

उनी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने क्रममा युएईमा छन् । दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपले अहिलेसम्म १ खेल पनि खेल्न पाएका छैनन् ।

दिल्लीले ११ खेल खेलिसकेको छ । सन्दीप यसअघि दुई पटक दिल्लीबाट खेलिरहेका छन् । यसपालि उनले एक खेल पनि खेल्न पाउने हुन् कि हैनन् भन्ने आशंका छ ।

आईपीएलको ११ औं संस्करण खेल्न पाएपछि सन्दीपको फ्रेन्चाइज टी–२० क्रिकेटको यात्रा विश्वमै निकै अगाडि बढेको छ ।

उनले ट्वीटरमा यस्तो लेखेका छन्, ‘हिन्दुहरुको महान् चाड शुभ बिजया दशमीको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् । सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ! सुरक्षित र स्वास्थ्य रहनुहोस् ! सम्पूर्णमा मेरो माया। टाढा भएपनि मन भने नेपालमै छ। शुभ दशैं।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  १२ : ०१ बजे

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन-जी आन्दोलनकी घाइते एकता

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ट्रेड युनियन र विद्यार्थी