सामूहिक टीका कार्यक्रम नभएपछि कोटभैरव मन्दिर सुनसान « Khabarhub

सामूहिक टीका कार्यक्रम नभएपछि कोटभैरव मन्दिर सुनसान


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– विजयादशमीका दिन प्रत्येक वर्ष सामूहिक टीका कार्यक्रमले चहलहल हुने पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिर आज सुनसान देखिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्ष परम्परादेखि नै चल्दै आएको सामूहिक टीका लगाउने कार्यक्रम नगर्ने भएपछि सो मन्दिर परिसर सुनसान देखिएको हो ।

नेपालका वाइसे चौवीसे राजाका पालादेखि अस्तित्वमा आएको मानिने मन्दिरमा घटस्थापना गरी दैनिक सप्तशती पाठसहित फूलपाती, महाअष्टमी, कालरात्री, महानवमीको विशेष पूजा गरेर विजयादशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलन रहँदै आएको थियो ।

ऐतिहासिक परम्पराको निरन्तरताका लागि फैँलदो कोरोना महामारी एवम् स्थानीय प्रशासनको आग्रह समेतलाई दृष्टिगत गरी यो वर्ष भने विगतका तुलनामा सामान्य रुपमा पूजाआजा सम्पन्न गरिएको कोटभैरव मन्दिर व्यवस्थापन एवम् संरक्षण समितिका अध्यक्ष चेतबहादुर महतले बताए ।

विजयादशमीका दिन मन्दिर आसपासका बरमाझथर, बरधारपानी, बरपौवालगायत स्थानबाट सर्वसाधारण जम्मा भई एकआपसमा टीका लगाउँदै शुभकामना आदानप्रदान गर्ने प्राचीन प्रचलन भए पनि यो वर्ष कोरोना महामारीका कारण विगतका वर्षमा जस्तो उपस्थिति नभएको उहाँले जानकारी दिए ।

पञ्चाङ्ग निर्णायक समितिले घोषणा गरेको टीकाको शुभसाइतमा कोटभैरव मन्दिरमा बाजा बजाएर टीकाको शुभारम्भ गर्ने र बाजाको आवाज सुनेपछि घरघरमा टीका लगाउने प्रचलन यहाँको विशिष्टता हो ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ३ : २६ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि