चितवन मेडिकल कलेजमा थप दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

चितवन मेडिकल कलेजमा थप दुई कोरोना संक्रमितको मृत्यु


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

चितवन — चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका ५१ जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजका निर्देशक प्रा.डा. दयाराम लम्सालले जारी गरेको विज्ञप्ती अनुसार भरतपुर महानगरपालिका–१० की ६७ वर्षीया महिलाको सोमबार दिउँसो पौने दुई बजे मृत्यु भएको छ ।

उनी कात्तिक ५ गते उक्त अस्पताल आएकी थिइन् । मृगौलाको दिर्घ रोगीसमेत रहेकी उनी श्वासप्रश्वास र उच्च ज्वरोको समस्या लिएर अस्पताल आएकी थिइन् । कात्तिक ६ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

अवस्था जटिल हुँदै गएपछि उनलाई अस्पतालले आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । यसअघि भरतपुर महानगरपालिकाका–१ का ७७ वर्षका पुरुषको आइतबार मध्यरातपछि मृत्यु भएको अस्प्तालले जनाएको छ ।

कात्तिक २ गते संक्रमण पुष्टि भए पनि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । समस्या बढ्दै गएपछि कात्तिक ८ गते अस्पताल आएका थिए । उनको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।

चितवन स्वास्थ्य कार्यालयले दिएको विवरण अनुसार चितवनमा सोमबार दिउँसोसम्म कुल संक्रमितको संख्या ३ हजार ९ सय ४७ पुगेको छ । तीमध्ये २ हजार १ सय ४४ मात्र निको भएका छन् । निको हुन बाँकी एक हजार ७ सय ५२ छन् । निको हुन बाँकीमध्ये १ हजार ३ सय ४५ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ६ : २४ बजे

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले