चितवन मेडिकल कलेजमा थप दुई कोरोना संक्रमितको मृत्यु « Khabarhub

चितवन मेडिकल कलेजमा थप दुई कोरोना संक्रमितको मृत्यु


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

चितवन — चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका ५१ जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजका निर्देशक प्रा.डा. दयाराम लम्सालले जारी गरेको विज्ञप्ती अनुसार भरतपुर महानगरपालिका–१० की ६७ वर्षीया महिलाको सोमबार दिउँसो पौने दुई बजे मृत्यु भएको छ ।

उनी कात्तिक ५ गते उक्त अस्पताल आएकी थिइन् । मृगौलाको दिर्घ रोगीसमेत रहेकी उनी श्वासप्रश्वास र उच्च ज्वरोको समस्या लिएर अस्पताल आएकी थिइन् । कात्तिक ६ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

अवस्था जटिल हुँदै गएपछि उनलाई अस्पतालले आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । यसअघि भरतपुर महानगरपालिकाका–१ का ७७ वर्षका पुरुषको आइतबार मध्यरातपछि मृत्यु भएको अस्प्तालले जनाएको छ ।

कात्तिक २ गते संक्रमण पुष्टि भए पनि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । समस्या बढ्दै गएपछि कात्तिक ८ गते अस्पताल आएका थिए । उनको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।

चितवन स्वास्थ्य कार्यालयले दिएको विवरण अनुसार चितवनमा सोमबार दिउँसोसम्म कुल संक्रमितको संख्या ३ हजार ९ सय ४७ पुगेको छ । तीमध्ये २ हजार १ सय ४४ मात्र निको भएका छन् । निको हुन बाँकी एक हजार ७ सय ५२ छन् । निको हुन बाँकीमध्ये १ हजार ३ सय ४५ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ६ : २४ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र