कोरोनाको मृत्युमा फेरि नयाँ रेकर्ड, एकैदिन १२ हजार संक्रमितको मृत्यु « Khabarhub

कोरोनाको मृत्युमा फेरि नयाँ रेकर्ड, एकैदिन १२ हजार संक्रमितको मृत्यु


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा दैनिकजसो नयाँ रेकर्ड कायम हुन थालेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा  १२ हजार संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि बुधबार (१० मंसिरमा) पनि ११ हजार ७३३ संक्रमितको मृत्यु भएको थियो । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर १४ लाख २५ हजार ८४६ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ४६९ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ६९६ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५६ हजार ५३३ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ५२ हजार २८ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ५० हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख ९९ हजार १०१ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ३ हजार १४९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ६८ हजार १२२ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।

यस्तै मेक्सिकोमा १ लाख २ हजार ७३९ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा २ लाख ८३ हजार ३१३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७६८ जनाको मृत्यु भएको छ ।

एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३५ हजार २६१ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख २० हजार ४२८ संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७० हजार ७९९ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा पनि संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा ३१८ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २१ हजार २०१ संक्रमितको मृत्यु भएको छ ।

यस्तै ओसियानामा १ हजार ११ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ७३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ७ हजार ३५१ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ७३ लाख ३० हजार २९२ पुगेको छ । यसमध्ये १ लाख ३ हजार ५३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ६ करोड ७ लाख ४ हजार १९५ पुगेको छ । त्यसमध्ये ४ करोड १९ लाख ३७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ७ : १० बजे

महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साता

गाईघाट – महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि

विश्वकप प्रतियोगिता मात्रै होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि हो : रोहित पौडेल

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप केवल

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका

आजका समाचार : निर्वाचन एकै चरणमा, कांग्रेसले चुनावअगाडि कसैसँग तालमेल नगर्ने, इरान-अमेरिका वार्ता भोलि र अभ्यास खेलमा नेपाल विजयी

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ताप्रधानमन्त्री सुशीला कार्की