बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश « Khabarhub

बायर्न म्युनिख च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन क्लब बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

शत प्रतिशत जितको नतिजा कायम राख्दै बायर्न नकआउट चरणमा प्रवेश गरेको छ ।

प्रतियोगितामा लगातार १५औँ जित निकालेको बायर्नले बुधबार आरबी साल्ज्बर्गमाथि ३-१ को जित निकाल्यो ।

घरेलु मैदानमा बायर्नले रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता लिएको थियो । ४३औँ मिनेटमा थोमस मुलरको प्रहार गोलरक्षकले बचाए पनि रिबाउन्डमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका थिए ।

५२औँ मिनेटमा नै बायर्नले अग्रता दोब्बर पार्‍यो । किंग्सले कोमानको प्रहार म्याक्सिमिल्यन वेबरलाई लाग्दै गोलमा परिणत भयो ।

६६ औँ मिनेटमा मार्क रोकाले दोस्रो पहेंलो कार्ड पाएपछि १० खेलाडीमा समेटिए पनि बायर्नको खेल खस्किएन ।

६८औँ मिनेटमा कोमानको पासमा लेरोय सानेले हेडरमार्फत गोल गर्दै बायर्नको अग्रता बढाए ।

७३औँ मिनेटमा साल्ज्बर्गका मेर्गिम बेरिशाले सान्तवना गोल गरे ।

अपराजित बायर्न ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ६ : ४२ बजे

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार