भारतीय विदेश सचिव श्रींगला आज नेपाल आउँदै « Khabarhub

भारतीय विदेश सचिव श्रींगला आज नेपाल आउँदै


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले दुई दिने भ्रमणका लागि आज नेपाल आउँदै  छन् ।

बिहान ११ बजे काठमाडौँ आइपुग्ने उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम छ।

श्रींगलाको यो भ्रमण नेपाल र भारतबीच हुँदै आएको उच्चस्तरीय भ्रमणकै निरन्तरता रहेको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको पहिलो दिन आज विदेश सचिव श्रींगलाले नेपाल र भारतका दुइपक्षीय सहयोगका विषयमा छलफल गर्ने छन् । यसका लागि आजै दुई देशका प्रतिनिधिबीच उच्चस्तरीय बैठक समेत हुने छ ।

भ्रमणका अवसरमा उनले कोरोना रोकथाम सम्बन्धी सहयोग सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केही साताअघि भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले गरेको भ्रमणपछि भारतीय उच्चस्तरीय अधिकारीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका विषयमा विवाद भइरहेका बेला भारतीय पक्षबाट भइरहेका यस किसिमका उच्चस्तरीय भ्रमणले वार्ताको वातावारण बनाउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ७ : ०० बजे

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६