भारतको दक्षिणी क्षेत्रमा शक्तिशाली तुफान, सयौँ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण « Khabarhub

भारतको दक्षिणी क्षेत्रमा शक्तिशाली तुफान, सयौँ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको दक्षिणी क्षेत्रमा भारी वर्षापछि आएको शक्तिशाली तुफान ‘निवार’ले जनजीवन प्रभावित भएको छ ।

दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीको कयौं क्षेत्रहरुमा भारी वर्षा र तीव्र गतिको हावासँगै ‘निवार तुफान’ प्रवेश गरेको छ ।

तुफानबाट प्रभावित ती क्षेत्रका १ हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

तुफानका कारण सडकहरु अवरुद्ध हुनुका साथै केही घरका छानाहरु उडाएका छन् । ठाउँ ठाउँमा सवारी साधनहरु रुखले थिचिएका छन् ।

भारतमा हरेक वर्ष आउने तुफानले एक सय भन्दा बढीको मृत्यु हुने गरेको छ ।

यो तुफान अहिले कमजोर हुँदै गए पनि खतरा भने नटरेको बीबीसी हिन्दीले जनाएको छ । तुफान हाल चेन्नई र महाबलीपुरमसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय मौसम विभागका अनुसार सो तुफान प्रतिघण्टा १ सय २० देखि १ सय ४५ किलोमिटरको दरले अघि बढिरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ८ : ०९ बजे

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते