एउटा यस्तो टापु जहाँ पुग्ने फर्कदैनन् जीवित | Khabarhub Khabarhub

एउटा यस्तो टापु जहाँ पुग्ने फर्कदैनन् जीवित


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमा केही त्यस्ता ठाउँहरु पनि छन् जो साच्चीकै डरलाग्दा हुन्छन् ।

संसारका ती ठाउँहरु यति डरलाग्दा र खतरनाक हुन्छन् की त्यहाँ गईसकेपछि मानिसहरुको बाँच्ने सम्भावना कमै मात्र हुन्छ । त्यस्तै एउटा डरलाग्दो टापु इटालीमा पनि छ ।

आइल्याण्ड अफ डेड भनिने प्रोवेग्लिया टापुमा सन् १९२२ मा मानसिक अस्पताल बनाइएको थियो ।

तर, उक्त अस्पतालमा काम गर्ने डाक्टर तथा नर्सहरुले प्रायः केही असामान्य चिजहरु देख्न थालेपछि त्रासका कारण अस्पताल नै बन्द गर्नुपरेको थियो । केही वर्षसम्म उक्त अस्पताल बन्द नै रह्यो ।

अफ ट्रयाक प्लानेट डट कमका अनुसार सन् १९६० मा इटाली सरकारले उक्त टापुलाई बेचिदियो । उक्त टापु किनेर केही मानिस आफ्नो परिवारसहित टापुमा बस्न थाले ।

एक दिन उक्त टापुका मालिककी छोरीको मुखमा कसैले टोकिदियो । उनलाई शल्यक्रिया गरी १४ वटा टाँका लगाउनुपर्‍यो ।

त्यसपछि उक्त टापुमा यस्ता अनौठा र अचम्मका घटना भई नै रहे । डरलाग्दा तथा रहस्यमय घटना भई रहेपछि सरकारले उक्त टापुमा जान प्रतिबन्ध नै लगायो ।

१२० वर्ष पहिले उत्त टापुको प्रयोग प्लेगबाट ग्रस्त मानिसहरुको गरिन्थ्यो । अन्य मानिसहरुमा त्यो रोग नफैलियोस् भनेर प्लेगरोगीलाई त्यहाँ लगेर छाडिन्थ्यो ।

त्यसपछि उक्त टापु अन्य प्राणघातका रोगका रोगीहरुका लागि पनि प्रयोग गरिएको थियो ।

रोगबाट मरेका मानिसहरुको लास पनि त्यहीँ गाडिन्थ्यो । तर एक पटक उक्त टापुमा रोगीहरुको संख्या १ लाख ६० हजार पुग्यो । त्यसपछि त्यहाँको सरकारले रोगीहरुलाई ज्यूँदै जलायो ।

रोगीहरुलाई राख्ने तथा मार्ने ठाउँको रुपमा प्रयोग गरिएको हुनाले पनि उक्त ठाउँ संक्रमित रहेको र मानिसहरु गएपछि विभिन्न रोगले आक्रमण गरेर मानिसको मृत्यु हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ६ : १४ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार