एउटा यस्तो टापु जहाँ पुग्ने फर्कदैनन् जीवित « Khabarhub

एउटा यस्तो टापु जहाँ पुग्ने फर्कदैनन् जीवित


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमा केही त्यस्ता ठाउँहरु पनि छन् जो साच्चीकै डरलाग्दा हुन्छन् ।

संसारका ती ठाउँहरु यति डरलाग्दा र खतरनाक हुन्छन् की त्यहाँ गईसकेपछि मानिसहरुको बाँच्ने सम्भावना कमै मात्र हुन्छ । त्यस्तै एउटा डरलाग्दो टापु इटालीमा पनि छ ।

आइल्याण्ड अफ डेड भनिने प्रोवेग्लिया टापुमा सन् १९२२ मा मानसिक अस्पताल बनाइएको थियो ।

तर, उक्त अस्पतालमा काम गर्ने डाक्टर तथा नर्सहरुले प्रायः केही असामान्य चिजहरु देख्न थालेपछि त्रासका कारण अस्पताल नै बन्द गर्नुपरेको थियो । केही वर्षसम्म उक्त अस्पताल बन्द नै रह्यो ।

अफ ट्रयाक प्लानेट डट कमका अनुसार सन् १९६० मा इटाली सरकारले उक्त टापुलाई बेचिदियो । उक्त टापु किनेर केही मानिस आफ्नो परिवारसहित टापुमा बस्न थाले ।

एक दिन उक्त टापुका मालिककी छोरीको मुखमा कसैले टोकिदियो । उनलाई शल्यक्रिया गरी १४ वटा टाँका लगाउनुपर्‍यो ।

त्यसपछि उक्त टापुमा यस्ता अनौठा र अचम्मका घटना भई नै रहे । डरलाग्दा तथा रहस्यमय घटना भई रहेपछि सरकारले उक्त टापुमा जान प्रतिबन्ध नै लगायो ।

१२० वर्ष पहिले उत्त टापुको प्रयोग प्लेगबाट ग्रस्त मानिसहरुको गरिन्थ्यो । अन्य मानिसहरुमा त्यो रोग नफैलियोस् भनेर प्लेगरोगीलाई त्यहाँ लगेर छाडिन्थ्यो ।

त्यसपछि उक्त टापु अन्य प्राणघातका रोगका रोगीहरुका लागि पनि प्रयोग गरिएको थियो ।

रोगबाट मरेका मानिसहरुको लास पनि त्यहीँ गाडिन्थ्यो । तर एक पटक उक्त टापुमा रोगीहरुको संख्या १ लाख ६० हजार पुग्यो । त्यसपछि त्यहाँको सरकारले रोगीहरुलाई ज्यूँदै जलायो ।

रोगीहरुलाई राख्ने तथा मार्ने ठाउँको रुपमा प्रयोग गरिएको हुनाले पनि उक्त ठाउँ संक्रमित रहेको र मानिसहरु गएपछि विभिन्न रोगले आक्रमण गरेर मानिसको मृत्यु हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ६ : १४ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार