‘एडल्ट’ फिल्म हेरिरहेका श्रीमानले जब आफ्नै श्रीमतीलाई भिडियोमा देखेपछि « Khabarhub

‘एडल्ट’ फिल्म हेरिरहेका श्रीमानले जब आफ्नै श्रीमतीलाई भिडियोमा देखेपछि


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आजभोलि इन्टनेटमा मानिसहरु बिभिन्न तरिका अपनाएर एडल्ट भिडियो खोज्ने गर्दछन् । यो भिडियो धेरैजसो युवा पुस्ताहरुले नै खोज्ने गर्दछन् ।

सरकारले यस प्रकारका साइटहरु बन्द गरेपनि बिभिन्न तरिकाहरु अपनाएर यस प्रकारका भिडियोहरु हेर्नेको संख्या भने कम छैन ।

एक व्यक्ति घरमा अनलाइन एडल्ट फिल्म हेरिरहेका थिए । जब उनले त्यो फिल्म हर्ने क्रममा फिल्ममा आफ्नी श्रीमतीलाई देखे तब बेहोस हुन पुगेका छन् । बेहोसबाट उठेपछि उनले सिदै आफ्नी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका छन् ।

उनकी पत्नी पेशाले डाक्टर हुन् भने ति व्यक्ति पेशाले सफ्टवेयर इन्जिनियर हुन् । उनी ३३ वर्षका भए भने उनकी श्रीमती ३२ वर्षकी भइन् ।

ति महिला भारतको कोलकत्ताकी हुन् भने पुरुष उत्तर प्रदेशका हुन् । तर उनीहरु दुबैजना बेंग्लोरमा बस्दै आएका थिए । मेट्रोमोनियल साइटबाट उनीहरुको भेट भएको थियो ।

त्यसपछि सन् २०१८ मा उनीहरुले विवाह गरेका थिए । महिलाले विवाह गर्दा त्यो भन्दा अगाडि उनी कसैसँग रिलेसनसिपमा भएको तर त्यसबेला भने ब्रेकअप भईसकेको बताएकी थिइन् ।

ति महिला धेरैजसो आफ्ना पतिलाई पोर्न फिल्म हेर्न आग्रह गर्दथिन् । एक दिन श्रीमतीको कुरा मानेर उनी भिडियो हेर्दै थिए तब आफ्नै श्रीमतीलाई देखे ।

पत्नीलाई उनले सोध्दा पूर्वप्रेमीले ब्ल्याकमेल गरेर राखेको बताएकी थिइन् । तर उनले फेरी अर्को भिडियो हेरे त्यो भिडियोमा पनि उनले आफ्नी श्रीमती अन्य पुरुषसँग सम्बन्ध बनाइरहेको देखे ।

त्यसपछि फेरी श्रीमतीलाई सोध्दा श्रीमतीले विवाह भन्दा अगाडि धेरै जनासँग आफूले शारीरिक सम्बन्ध राखेको बताइन् । त्यसपछि उनले आफ्नी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका थिए ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : ३५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ