विमानस्थलमा नेपालीमै बोल्दै भारतीय विदेश सचिवले भने- हाम्रो सम्बन्ध निकै मजबुत छ (भिडियोसहित) « Khabarhub

विमानस्थलमा नेपालीमै बोल्दै भारतीय विदेश सचिवले भने- हाम्रो सम्बन्ध निकै मजबुत छ (भिडियोसहित)


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगला काठमाडौँ विमानस्थलमा अवतरण गर्ने बित्तिकै सञ्चारकर्मीसँग कुराकानी गरेका छन् ।

उनले नेपालीमा सम्बोधन गर्दै आफ्नो भ्रमणमा दुई देशबीचको सम्बन्ध अझै गाढा बढाउने विषयमा छलफल गरिने बताए ।

उनले आफू पहिले पनि काठमाडौँ आएको बताउँदै विदेशसचिवको हैसियतले यो पहिलो भ्रमण रहेको बताए ।

उनले नेपाल भारत मैत्री सम्बन्धका विषयमा भर्चुअल माध्यमबाट आफ्नो धारणा राख्ने, गोरखामा निर्माण भएका भवनको उद्घाटन गर्नेलगायतका कार्यक्रम रहेको बताए ।

विमानस्थलमा सम्बोधनका क्रममा श्रृंगलाले के भने ?

https://www.facebook.com/khabarhubofficial/videos/821154425329917

नेपालमा आएर मलाई निक्कै खुसी लागेको छ । म पहिला पनि काठमाडौँ आएको छु । तर, परराष्ट्र सचिवका रुपमा यो मेरो पहिलो भ्रमण हो ।

भारत र नेपाल निकटम मित्र हो । मेरो निक्कै मिटिङ हुन्छ आज । आजको मिटिङमा यो मित्रतालाई अझै गाढा बनाउने विषयमा छलफल हुनेछ ।

मेरो पहिलो मिटिङ परराष्ट्र सचिवसँग हुन्छ । त्यसपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग हुनेछ । अन्य व्यक्तित्वसँग पनि भेट हुन्छ । भेटको कार्यतालिका तपाईहरुलाई थाहा होला ।

भोलि नेपाल भारत मैत्री सम्बन्धका बारेमा धारणा राख्नेछु । त्यो भर्चुअल हुन्छ । त्यहाँ सबैजना सहभागि हुन सक्नुहुनेछ ।

म भोलि गोरखा पनि जान्छु । यहाँ हामीले ५० हजार घर बनाउने प्रतिबद्धता गरेका थियौँ । त्यसको अनुगमन गर्नेछु । त्यहाँ ४० हजार घर बनिसकेको छ ।

हाम्रो फोकस शिक्षामा पनि छ । तीनवटा विद्यालय पुनर्निर्माण गरेका छौँ । त्यो भोलि उद्घाटन हुनेछ ।

मनाङमा हामीले एउटा गुम्बा पुनर्निर्माण गरेका छौँ । त्यो पनि भोलि नै उद्घाटन हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ११ : ५८ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु