विराटनगर महानगरलाई रोटरी क्लबले दियो एक करोडको स्वास्थ्य सामग्री « Khabarhub

विराटनगर महानगरलाई रोटरी क्लबले दियो एक करोडको स्वास्थ्य सामग्री


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- रोटरी क्लबले विराटनगर महानगरपालिकालाई एक करोड रूपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रीक्ट ३२९२ अन्तर्गतका विभिन्न तीन वटा क्लबले करिब एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

बुधबार महानगरपालिकामा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोभिड–१९ संक्रमण बढ्ने क्रम जारी रहेको अवस्थामा रोटरीले उपलब्ध गराएका स्वास्थ्य सामग्री सहयोगी बन्ने बताए ।

प्रदेश १ मा कोभिड संक्रमण महामारी नियन्त्रणका लागि निर्माण गरिएका संरचनाको क्षमतासमेत अपुग हुँदै गएको मन्त्री घिमिरेले जनाए ।

क्लबले महानगरपालिकालाई एउटा पीसीआर मेसिन, आरएनए एक्स्ट्राक्सन मेसिन, संक्रमितले प्रयोग गरेको सामग्री सफा गर्ने इनसिनेरेट, भेन्टिलेटर, एचडीयू शैया ३० थान प्रदान गरिएको थियो ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्त रुपमा स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

 

 

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १२ : ४६ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु