रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने « Khabarhub

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय भएको छ।

आज बसेको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई कायम राख्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

संयन्त्रमा संयोजक लामिछानेसहित विभिन्न दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सदस्यका रूपमा रहेका छन्। नेपाली कांग्रेसबाट गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा नेकपा एमालेबाट दोस्रो तहका नेताहरू संयन्त्रमा सहभागी छन्।

हालसम्म भएका संयन्त्रका बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष सहभागिता देखिएको छैन। आजको सर्वदलीय बैठकमा भने एमालेकी नेतृ पद्मा अर्याल सहभागी भएकी थिइन्। 

 आजको बैठकमा नेपाल चिन सिमाना स्थित रसुवामा भएको वृहत क्षति र उद्धार राहतका विषयमा कुराकानी भएको थियो।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  २ : १७ बजे

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको