३८९ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

३८९ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३८९ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहरेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ५६ जना भेन्टिलेटरमा र ३ सय ३३ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३६ जना आईसीयू र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आईसीयू र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आईसीयू र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ८ आईसीयू र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६८ आईसीयू र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आईसीयू उपचाररत रहेका छन्।

यसअघि बुधबार ४०८, मंगलबार ४ सय ५०,सोमबार ४ सय २८, आइतबार ४ सय २५ जना संक्रमित आईसीयू ÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।

नेपालमा २ लाख २७ हजार ६ सय ४० जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख ९ हजार ४ सय ३५ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ४ सय १२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : ०४ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील