कोभिड–१९ बिरुद्धको भ्याक्सिन सहयोग गर्ने भारतको प्रतिवद्धता  | Khabarhub Khabarhub

कोभिड–१९ बिरुद्धको भ्याक्सिन सहयोग गर्ने भारतको प्रतिवद्धता 


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले कोरोनाको भ्याक्सिन नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सचिव श्रृङ्गलाले नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले प्रतिकुल अवस्थामा पनि नविग्रिएको दावी गरे ।

कोरोना महामारीमा एक अर्काको साथ नछोडेको उल्लेख गर्दै उनले भने, ‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आम रुपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो ।’

उनले दुईपक्षीय सम्बन्ध सम्भयतासँग जोडिएको ले याे धेरै बलियो भएकाे बताए ।उनले प्रतिकुल अवस्थामा पनि यो नविग्रिएको दाबी गरे । कोरोना महामारीमा पनि भारत र नेपाल सम्बन्ध मजबुत रहेकाे उनकाे दाबी थियाे ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताए । नेपाल भारत सम्बन्ध ऐतिहासिक भएकाले दुईदेशको सम्बन्धको जग बलियो रहेको उनको भनाई थियो ।

सचिव श्रृङ्गलाले आज सिंहदरवार स्थित परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् । भेट पछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपाललाई सहयोग प्रदान गरेको दुई हजार भाइल रेम्डिसिभिर लगायत स्वास्थ्य सहायता हस्तान्तरण गरेका थिए ।

विदेशसचिव श्रृङ्गलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : ४६ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही