मुम्बई हमलाको १२ वर्ष : आतंकवादी हमलाका ‘मास्टरमाइन्ड’ पाकिस्तानको आतिथ्यमा रमाउँदै « Khabarhub

मुम्बई हमलाको १२ वर्ष : आतंकवादी हमलाका ‘मास्टरमाइन्ड’ पाकिस्तानको आतिथ्यमा रमाउँदै


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानी गुप्तचारी संस्था (आईएसआई) बाट निर्देशित लश्कर–ए–तोयबा आतंककारी समूहहरुले २६ नोभेम्बर सन् २००८ मा मुम्बईका दुुईवटा पाँचतारे होटल, नरिमन हाउस, सिएसटी रेलवे स्टेशन, र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाएर आतंकवादी आक्रमणको १२ वर्ष पुगको छ ।

आतंककारी आक्रमणमा ६ अमेरिकी नागरिकसहित १६६ जनाको ज्यान गएको थियो । जुन घटनालाई २६/११ का नामले चिनिन्छ ।

२६/११ आतंकवादी हमलाको विश्वव्यापी रुपमा निन्दा भयो । तर पनि आतंकवादी हमलाका अपराधीहरूविरुद्ध कारबाही गर्न पाकिस्तान गम्भीर नभएकोमा अन्तर्राष्ट्रिय समुदाय निरास बनेको छ ।

मुम्बईस्थित गैर सैनिक निशानाहरूमा गरिएका ती आतंकवादी आक्रमणहरूको १२ वर्षपछि पनि मानिसहरुको मस्तिष्कमा ताजै छ । यो भयंकर घटनाले पूरै विश्वलाई तरंगित पारेको थियो ।

पाकिस्तानले आतंकवादी समूहलाई राज्य नीतिको हतियारको रुपमा प्रयोग गरिरहेको छ । लस्कर ए तोयबा र जैस ए मुहम्मद जस्ता आतंकवादी संगठनलाई सञ्चालित गरी भारतमाथि हमला गराएको पाकिस्तानी गुप्तचारी संस्था (आईएसआई) अझै निर्धक्क आतंककारीहरूको नेटवर्क चलाउन तल्लिन छ । आतंकवादी समूह लस्कर ए तोयबा पाकिस्तानी गुप्तचारी संस्था (आईएसआई)बाटअझै निर्देशित छन।

मुम्बई हमलाका मास्टरमाइन्ड तथा संयुक्त राष्ट्र संघले आतंकवादी मानेको लस्कर प्रमुख हाफिज सईद पाकिस्तानको आतिथ्यमा आनन्द लिइरहेको छ। सईद निर्धक्क स्वतन्त्र जीवनयापन गर्दै आएका छन् । पाकिस्तान आतंकवादीहरूका लागि सुरक्षित र ऊर्वर थलो हो ।

आक्रमणका मुख्य अभियुक्त सईदसहित सबै अहिले बाहिर छन् । सईदका साथी जफर इकबाल, यहया अजीज, अब्दुर्हमान मक्की स्वतन्त्र जीवनयापन गर्दै आएका छन् ।

अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले २५ अगस्त २००९ मा हाफिज सईदबिरूद्ध रेडकर्नर नोटिश जारी गरेको थियो ।

अमेरिकाले सईदमाथि १० मिलियन अमेरिकी डलरको ईनाम पनि राखेको छ । पाकिस्तानी सेना र सुरक्षाबलले कारवाही गरेको नाटक गर्छन्।

सईदलाई डिसेम्बर २००१, मे २००२, अक्टोबर २००२, अगष्ट २००६मा दुई पटक, डिसेम्बर २००८, सेप्टेम्बर २००९, जनवरी २०१७ मा पक्राउ र धरौटीमा रिहा गरिएको थियो । सईदले आईएसआईको सहायतामा सन् १९९० को दशकमा पाकिस्तानमा लस्कर ए तोयबा आतंकवादी समूह गठन गरेका थिए ।

अमेरिकाको विदेश मन्त्रालयले पाकिस्तानको नाम आतंकवादलाई पाल्ने देशका रूपमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १२ : ५१ बजे

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन