पाकिस्तानमा कोरोना : एकै दिन थपिए २ हजार ९५४ संक्रमित « Khabarhub

पाकिस्तानमा कोरोना : एकै दिन थपिए २ हजार ९५४ संक्रमित


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा जुलाईयताकै कोरोना संक्रमण उच्च देखिएको छ । मंगलबार जुलाईपछिकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

मंगलबार एकैदिन दुई हजार ९५४ नयाँ कोरोना संक्रमित फेला परेका हुन् । नयाँ कोरोना भाइरस संक्रमित थपिएसँगै पाकिस्तानमा कोरोना संक्रमितको कुल संख्या तीन लाख ७९ हजार ८८३ पुगेको छ ।

त्यसैगरी थप ४८ कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर कोरोना भाइरस संक्रमितको मृत्यु हुनेको संख्या सात हजार ७४४ पुगेको छ । हालसम्म कूल तीन लाख ३१ हजार ७६० मानिसहरु कोरोना संक्रमणमुक्त भएका छन् भने ४० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

पाकिस्तानमा धेरै प्रान्तहरु कोरोना संक्रमण बढ्दै जाँदा नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् । सिन्ध सरकारले कोभिड-१९ को प्रसार रोक्‍न थप कोरोना भाइरस लकडाउन जारी गरेको छ ।

पञ्‍जाबमा ६३० कोरोना संक्रमित थपिएका छन् भने त्यो ४९८ दिनपछिकै सबैभन्दा उच्च संक्रमण हो । प्रान्तमा एक लाख १५ हजार १३८ कोरोना संक्रमित पुगेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १२ : ५७ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु