सशस्त्रका डीआईजीहरुको सरुवा (सूचीसहित) « Khabarhub

सशस्त्रका डीआईजीहरुको सरुवा (सूचीसहित)


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्रालयले सशस्त्र प्रहरी वलका डीआईजीहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरीका एक दर्जन डीआईजीहरुको सरुवा भएको गृह स्रोतले जानकारी दियो ।

सरुवा हुनेमा ७ नम्वर वैद्यनाथ वाहिनी अत्तरियामा डीआईजी प्रविण श्रेष्ठ, ९ नम्वर उपत्यका वाहिनीमा डीआईजी राजु अर्याल, ४ नम्वर मुक्तिनाथ वाहिनी पोखरामा नारायणदत्त पौडेल र २ नम्वर छिन्नामस्ता वाहिनीमा चन्द्रप्रकाश गौतमको सरुवा भएको छ ।

त्यसैगरी ६ नम्बर महेश्वरी बाहिनी सुर्खेतमा कामु बाहिनीपतिको जिम्मेवारी एक जना एसएसपीलाई दिइएको बुझिएको छ । डीआईजी खड्क राईको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।

गृहमन्त्रालयले एक नम्बर बाहिनी, पांच नम्बर बाहिनी र तीन नम्बर बाहिनीको बाहिनीपतिको भने एक वर्ष नपुगेको कारण सरुवा नगरेको बताइएको छ ।

३० वर्षे सेवाअवधीको कारण डीआईजीहरु हरिशंकर बुढाथोकी, केबी ब्रहमाचार्य, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारी मंसिर २८ मा अनिवार्य अवकासमा जान लागेकाले उनीहरुको सरुवा भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १० : ०३ बजे

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि