सशस्त्रका डीआईजीहरुको सरुवा (सूचीसहित) | Khabarhub Khabarhub

सशस्त्रका डीआईजीहरुको सरुवा (सूचीसहित)


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्रालयले सशस्त्र प्रहरी वलका डीआईजीहरुको सरुवा गरेको छ । सशस्त्र प्रहरीका एक दर्जन डीआईजीहरुको सरुवा भएको गृह स्रोतले जानकारी दियो ।

सरुवा हुनेमा ७ नम्वर वैद्यनाथ वाहिनी अत्तरियामा डीआईजी प्रविण श्रेष्ठ, ९ नम्वर उपत्यका वाहिनीमा डीआईजी राजु अर्याल, ४ नम्वर मुक्तिनाथ वाहिनी पोखरामा नारायणदत्त पौडेल र २ नम्वर छिन्नामस्ता वाहिनीमा चन्द्रप्रकाश गौतमको सरुवा भएको छ ।

त्यसैगरी ६ नम्बर महेश्वरी बाहिनी सुर्खेतमा कामु बाहिनीपतिको जिम्मेवारी एक जना एसएसपीलाई दिइएको बुझिएको छ । डीआईजी खड्क राईको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।

गृहमन्त्रालयले एक नम्बर बाहिनी, पांच नम्बर बाहिनी र तीन नम्बर बाहिनीको बाहिनीपतिको भने एक वर्ष नपुगेको कारण सरुवा नगरेको बताइएको छ ।

३० वर्षे सेवाअवधीको कारण डीआईजीहरु हरिशंकर बुढाथोकी, केबी ब्रहमाचार्य, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारी मंसिर २८ मा अनिवार्य अवकासमा जान लागेकाले उनीहरुको सरुवा भएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १० : ०३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई