गृह मन्त्रालयद्वारा बर्दिवास घटनाको छानविनका लागि तीन सदस्यीय समिति गठन « Khabarhub

गृह मन्त्रालयद्वारा बर्दिवास घटनाको छानविनका लागि तीन सदस्यीय समिति गठन


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले महोत्तरीको बर्दिवासमा प्रहरीको गोली लागेर एक व्यक्ति मृत्यु भएको घटना छानबिनका लागि समिति गठन गरेको छ।

बर्दिवास नगरपालिका १४, महोत्तरीका शहीद आलमकी छ वर्षीया छोरी गुलाब साह खातुनको सोमबार मध्यराति बोरामा हालिएको अवस्थामा घर नजिकैको खेतमा शव भेटिएको थियो।

खातुनको हत्याको विषयलाई लिएर भएको प्रदर्शनमा स्थानीय बुद्धिराज (सञ्जय) न्यौपानेको मृत्यु भएको थियो। प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको उपचारका क्रममा काठमाडौं मृत्यु भएको थियो।

घटनापछि प्रदर्शन जारी रहेपछि आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबीच बालिकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, आन्दोलनका क्रममा मंगलबार मृत्यु भएका बुद्धिराज न्यौपानेको परिवारलाई क्षतिपूर्ति दिने, घटनाका दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा मृतकलाई सहिद घोषण गर्ने चार बुँदे सहमति भएको थियो। आन्दोलन रोकिएसँगै गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको हो।

उपसचिवको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १० : ४९ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त