ओमानमा पनि पुर्‍याइयो कोरोना भ्याक्सिन, आइतबारबाट लगाउन थालिने « Khabarhub

ओमानमा पनि पुर्‍याइयो कोरोना भ्याक्सिन, आइतबारबाट लगाउन थालिने


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप (भ्याक्सिन) ओमान पनि पुर्‍याइएको छ ।

पहिलो ब्याच भ्याक्सिन डीएचल कार्गो विमानमार्फत ओमानमा लगिएको हो । पहिलो व्याचमा १५ हजार ६ सय डोज खोप ल्याईएको ओमानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भ्याक्सिन लिएर ओमान पुगेको डीएचल कार्गो विमान । तस्वीर : टाइम्स अफ ओमान ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओमानले भाइरसविरूद्ध फाइजर र बायोएनटेकले निर्माण गरेको खोप खरिद गरेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

मन्त्रालयले आउदो आइतबारदेखि खोप अभियान सुरु गर्ने पनि जनाएको छ । यस अभियानको नेतृत्व त्यहाँका स्वास्थ्य मन्त्री डा. अहमद बिन मोहम्मद अल सईदीले गर्ने छन् ।

पहिलो चरणमा फ्रन्टलाइन काम गर्नेहरु, दीर्घ रोगी, वृद्ध वृद्धालाई खोप दिइनेछ । मन्त्रालयले ६० प्रतिशत जनसंख्यालाई खोप दिने तयारी गरेको छ ।

ओमानमा कार्यरत नेपालीसहित आप्रवासी कामदारले पनि यो खोप पाउने छन् । दोस्रो ब्याचको भ्याक्सिन भने आगामी जनवरीमा ल्याइने ओमान सरकारले जनाएको छ ।

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : ३८ बजे

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार