ओमानमा पनि पुर्‍याइयो कोरोना भ्याक्सिन, आइतबारबाट लगाउन थालिने « Khabarhub

ओमानमा पनि पुर्‍याइयो कोरोना भ्याक्सिन, आइतबारबाट लगाउन थालिने


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप (भ्याक्सिन) ओमान पनि पुर्‍याइएको छ ।

पहिलो ब्याच भ्याक्सिन डीएचल कार्गो विमानमार्फत ओमानमा लगिएको हो । पहिलो व्याचमा १५ हजार ६ सय डोज खोप ल्याईएको ओमानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भ्याक्सिन लिएर ओमान पुगेको डीएचल कार्गो विमान । तस्वीर : टाइम्स अफ ओमान ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओमानले भाइरसविरूद्ध फाइजर र बायोएनटेकले निर्माण गरेको खोप खरिद गरेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

मन्त्रालयले आउदो आइतबारदेखि खोप अभियान सुरु गर्ने पनि जनाएको छ । यस अभियानको नेतृत्व त्यहाँका स्वास्थ्य मन्त्री डा. अहमद बिन मोहम्मद अल सईदीले गर्ने छन् ।

पहिलो चरणमा फ्रन्टलाइन काम गर्नेहरु, दीर्घ रोगी, वृद्ध वृद्धालाई खोप दिइनेछ । मन्त्रालयले ६० प्रतिशत जनसंख्यालाई खोप दिने तयारी गरेको छ ।

ओमानमा कार्यरत नेपालीसहित आप्रवासी कामदारले पनि यो खोप पाउने छन् । दोस्रो ब्याचको भ्याक्सिन भने आगामी जनवरीमा ल्याइने ओमान सरकारले जनाएको छ ।

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : ३८ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग