आँखा उपचार केन्द्र सञ्चालन « Khabarhub

आँखा उपचार केन्द्र सञ्चालन


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको इच्छाकामनामा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको  छ ।

नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना–४ कुरिनटारमा आँखा अस्पताल  सञ्चालनमा आएको हो । केन्द्रको  गाउँपालिका अध्यक्ष  गीताकुमारी गुरुङले शुक्रबार उद्घाटन गरे ।

अध्यक्ष गीताकुमारी गुरुङले अब आँखाको सामान्य समस्या आउँदा पनि भरतपुर जान पर्ने समस्याको समाधान भएको बताए ।

भरतपुर आँखा अस्पतालमा  पाउने सम्पूर्ण सुविधा दिने गरी यस उपचार केन्द्रलाई आँखा अस्पपताका रुपमा विकास गरिने बताए ।

वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानाले इच्छाकामना  गाउँपालिकामात्र  नभई  छिमेकी जिल्ला  गोरखाको  गण्डकी, शहीद लखन र धादिङको बेनीघाट रोराङ  गाउँपालिकाका  जनताले पनि सुविधा  पाउने   बताए ।

नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य चित्रकुमार मास्केले नाफा भन्दा पनि  सेवाको भावनामा देशभर १२१   स्थानमा  केन्द्र सञ्चालन गरिरहेको   बताए ।

नेत्रज्योति सङ्घले देशका ३५०  स्थानमा  उपचार केन्द्र  स्थापना गर्ने लक्ष्य राखेको छ । आँखा उपचार केन्द्रमा कम्तीमा ७५ प्रतिशत   आँखाका  रोगको उपचार हुने  बताए ।

यहाँ कर्मचारी र व्यवस्थापन खर्चका लागिमात्र सेवाग्राहीहरुबाट न्यून शुल्क लिने उनको भनाइ छ ।

लायन्स क्लबका प्रथम डिस्ट्रिक गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ इन्टरनेशनलले उपकरणहरु उपलब्ध गराउने प्रतिबद्ध व्यक्त गरे ।

लायन्स क्लबले विशेषगरी आँखामा नै बढी काम  गर्ने भएकाले आँखा उपचार केन्द्रलाई सहज बनाउने विभिन्न कार्यक्रम गरी संरक्षणको भूमिका खेल्ने पनि  बताए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : २५ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय