आँखा उपचार केन्द्र सञ्चालन « Khabarhub

आँखा उपचार केन्द्र सञ्चालन


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको इच्छाकामनामा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको  छ ।

नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना–४ कुरिनटारमा आँखा अस्पताल  सञ्चालनमा आएको हो । केन्द्रको  गाउँपालिका अध्यक्ष  गीताकुमारी गुरुङले शुक्रबार उद्घाटन गरे ।

अध्यक्ष गीताकुमारी गुरुङले अब आँखाको सामान्य समस्या आउँदा पनि भरतपुर जान पर्ने समस्याको समाधान भएको बताए ।

भरतपुर आँखा अस्पतालमा  पाउने सम्पूर्ण सुविधा दिने गरी यस उपचार केन्द्रलाई आँखा अस्पपताका रुपमा विकास गरिने बताए ।

वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानाले इच्छाकामना  गाउँपालिकामात्र  नभई  छिमेकी जिल्ला  गोरखाको  गण्डकी, शहीद लखन र धादिङको बेनीघाट रोराङ  गाउँपालिकाका  जनताले पनि सुविधा  पाउने   बताए ।

नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य चित्रकुमार मास्केले नाफा भन्दा पनि  सेवाको भावनामा देशभर १२१   स्थानमा  केन्द्र सञ्चालन गरिरहेको   बताए ।

नेत्रज्योति सङ्घले देशका ३५०  स्थानमा  उपचार केन्द्र  स्थापना गर्ने लक्ष्य राखेको छ । आँखा उपचार केन्द्रमा कम्तीमा ७५ प्रतिशत   आँखाका  रोगको उपचार हुने  बताए ।

यहाँ कर्मचारी र व्यवस्थापन खर्चका लागिमात्र सेवाग्राहीहरुबाट न्यून शुल्क लिने उनको भनाइ छ ।

लायन्स क्लबका प्रथम डिस्ट्रिक गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ इन्टरनेशनलले उपकरणहरु उपलब्ध गराउने प्रतिबद्ध व्यक्त गरे ।

लायन्स क्लबले विशेषगरी आँखामा नै बढी काम  गर्ने भएकाले आँखा उपचार केन्द्रलाई सहज बनाउने विभिन्न कार्यक्रम गरी संरक्षणको भूमिका खेल्ने पनि  बताए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : २५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा