महिला प्रधानमन्त्री कप आजदेखि « Khabarhub

महिला प्रधानमन्त्री कप आजदेखि


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने महिला प्रधानमन्त्री कपको तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशको प्रतिष्ठासँग जोडिएर हेरिएको प्रतियोगिताको तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी गराएको छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा अहिले मैदान प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको छ । विशेष माटो प्रयोग गरेर तीन वटा पिच तयारी अवस्थामा रहेको छ । त्यसअघि आउट फिल्डलाई पनि राम्रोसँग ब्यबस्थापन गरिएको छ । ब्यबस्थापनका हिसावले पनि अन्य काम सकिसकेका छन् । यसैबीच आयोजनाको जिम्मेवारी प्राप्त गरेको लुम्बिनी क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरले प्रतियोगितालाई लिएर उत्साहित रहेको र प्रतियोगिताको आयोजनालाई लिएर न्यान्य गर्ने बताएका छन् ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्स टेलिभिजनले गर्नेछ । यता प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’मा विभागीय नेपाल एपीएफ क्लब, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । भने समूह ‘बी’मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ रहेको छ ।

प्रतियोगिताको लागि सबै टोली लमही पुगिसकेका छन् । उद्घाटन खेलमा लुम्बिनीले प्रदेश २ को सामना गर्नेछ । प्रतियोगिताको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १७ गते हुनेछ । प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ११ : ०५ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा