विद्यालयमा आगलागी हुँदा चार लाख बराबरको क्षति « Khabarhub

विद्यालयमा आगलागी हुँदा चार लाख बराबरको क्षति


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– दोधारा चाँदनी नगरपालिका–१ चाँदनीमा रहेको महाकाली आदर्श माध्यमिक विद्यालयमा आगजनी हुँदा करीब रु चार लाख क्षति भएको छ ।

आगजनीबाट विद्यालय भवन र भण्डारणगृहमा राखिएका बेञ्च, डेस्क, कुर्सीलगायत सामग्री जलेर नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

विद्यालयमा आगजनी भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीका सहयोगमा दमकलको प्रयोग गरी नियन्त्रण गरिएको उनले बताए ।

“विद्यालयमा आगलागीबारे अनुसन्धान भइरहेको छ”, उनले भने, “अहिलेसम्म आगलागी हुनाको कारण खुल्न सकेको छैन ।”

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ८ : ४३ बजे

यातायातका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

काठमाडौँ- यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता