कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै | Khabarhub Khabarhub

कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन्। यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ।

बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने बताइएको छ।

सङ्क्रमित बिरामीलार्ई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने ठानिएको छ। अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको बताइएको छ। यो चरणअन्तर्गत पहिलो १० व्यक्तिलाई बेलायतमा उक्त औषधिका मात्रा दिइएको छ।

यो परीक्षणमा सहभागी गराइएका प्रमुख समूहहरूमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका स्वास्थ्य विज्ञहरूले जनाएका छन्।

प्रभावकारी पाइएमा सुईमार्फत् दिइने यो औषधिले खोप लगाउन नभ्याइएका वा नहुने जोखिम वर्गका मानिसलाई रक्षा गर्ने ठानिएको छ। साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने ठानिएको छ।

बेलायतको यूनिभर्सिटी कलेज लन्डन हस्पिटल्स (यूसीएलएच) एनएचएस ट्रस्टमा भइरहेका परीक्षणमा दुई भिन्न प्रकारका एन्टिबडी तत्त्वहरूलाई सुईमार्फत् दिँदा कोभिडको सम्पर्कमा आएका मानिसहरूलाई बिरामी हुनबाट वा कम्तीमा सिकिस्त बिरामी हुनबाट जोगाउन सकिन्छ कि भनेर हेरिनेछ। कोरोनाभाइरसको सम्पर्कमा आएमा व्यक्तिलाई तत्काल खोप दिएर यसले काम गर्न केही साता लाग्ने तर यो औषधिले अपेक्षाकृत सफलता पाएमा उनीहरूका लागि यो वरदान बन्नेमा विज्ञहरूले आशा देखाएका छन्।

एस्ट्राजेनेकाले विकास गरेको यो मनोक्लोनल एन्टिबडी उपचारले तत्काल त्यस्ता भाइरसलाई निस्तेज बनाउन थाल्छ। अनि यसले कम्तीमा एक वर्षसम्म उक्त व्यक्तिलाई सुरक्षा प्रदान गर्न सक्ने औषधि नार्माता कम्पनीका अधिकारीहरूले बताएका छन्। -रासस

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १० : २९ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले