देशभर २७८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

देशभर २७८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २७८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २२८ जना आईसीयूमा र ५० को भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमध्ये  प्रदेश १ मा ११३ आईसीयूमा र ६ भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैगरी प्रदेश २ मा ५को आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन । बागमती प्रदेशमा ८१ जना आईसीयूमा र २९ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ७२ जना आईसीयूमा छन भने ८ को भेन्टिलेटरमा उपचार भइरहेको छ । लुम्बिनी प्रदेशमा ४४ जना आईसीयूमा  छन भने २ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यसैगरी कर्णाली प्रदेशमा १० जना आईसीयूमा र १ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने सूदुरपश्चिम प्रदेशमा ३ जन आईसीयूमा र १ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

देशभर हाल ६ हजार ७४९ कुल सक्रिय संक्रमितमध्ये ३ हजार ३ सय ४९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ४ सय जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १० : ४८ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय