ए डिभिजन लिग फुटबलः आज एपीएफ र पुलिस तथा मछिन्द्र र थ्रीस्टार भिड्ने « Khabarhub

ए डिभिजन लिग फुटबलः आज एपीएफ र पुलिस तथा मछिन्द्र र थ्रीस्टार भिड्ने


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारदेखि नवौं चरणको खेल शुरु हुने भएका छन् ।

आठौं चरणको समाप्तिमा त्रिभुवन आर्मी १७ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो र तेस्रो स्थानमा रहेका मछिन्द्र र मनाङ छन् । दुवै टोलीको समान १६ अंक रहेको छ ।

नवौं चरणका चार खेल रंगशाला र तीन खेल एन्फा मैदान सातदोवाटोमा हुनेछन् । नवौं चरणको पहिलो दिन दुई वटा खेल हुनेछन् ।

जसमा एपीएफ र नेपाल पुलिस मध्यान्ह १२ बजे भिड्ने छन् । यस्तै सोमबार नै दिउँसो तीन बजे मछिन्द्र र थ्रीस्टार आमने सामने हुने छन् । मंगलबारका दुवै खेल सातदोवाटो एन्फा मैदानमा हुने छ । पहिलो खेलमा विहान साढे ११ बजे हिमालयन शेर्पा र सरस्वतीले प्रतिस्पर्धा गर्ने छन् ।

मंगलबार नै जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीले दिउँसो तीन बजे खेल्ने छन् बुधबार एउटा मात्रै खेल हुने छ । जसमा मनाङ र संकटाले एन्फा मैदानमा दिउँसो तीन बजे प्रतिस्पर्धा गर्ने छन् ।

विहीबार नवौं चरणका अन्तिम दुई खेल भने रंगशालामा हुने छन् । मध्यान्ह १२ बजे फ्रेण्ड्स र च्यासल तथा दिउँसो तीन बजे एनआरटी र व्रिगेड ब्वाईजले खेल्ने छन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ६ : २० बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा