२२ लाखको जुवा खालबाट कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित १६ जना पक्राउ « Khabarhub

२२ लाखको जुवा खालबाट कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित १६ जना पक्राउ


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको गोदावरी नगरपालिका–१० का निर्वाचित वडाध्यक्ष गुड्डु भनिने रवीन्द्र शाहीसहित १६ जना जुवाडे पक्राउ परेका छन् ।

जुव खेल्दै गरेको अवस्थामा आइतबार राति २२ लाख ८२ हजार रुपैयाँ नगदसहित नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहीसहित १६ जना जुवाडे पक्राउ परेका थिए ।

उनीहरुलाई धनगढी उपमहानगरपालिका–३ तिलक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका १६ जना जुवाडेलाई नै प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा १६ जनामा गोदावरी–१० का वडाध्यक्ष २८ वर्षीय शाही, कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का ३४ वर्षीय धीरेन्द्र चन्द, कञ्चनपुरकै बेलौरी नगरपालिका–१ का ३४ वर्षीय भुवन कुँवर, धनगढी उपमहानगरपालिका–३ का तिलक अधिकारी, धनगढी–१३ का ३४ वर्षीय रमेश खड्का, धनगढी–४ का ३५ वर्षीय खेमराज भट्ट, धनगढी–२ का ४१ वषई जनक दौल्याल, गोदावरी–१० का २८ वर्षीय सन्देश तामाङ, गोदावरी–३ का ३८ वर्षीय मोहन खड्का छन् ।

यस्तै, बैतडीको दशरथचन्द नगरपालिका–८ का ३१ वर्षी अमित गुरु, बझाङको जयपृथ्वी नगरपालिका–१० का ३५ वर्षीय प्रेमबहादुर सिंह, बैतडीको दशरथचन्द नगरपालिका–४ का ३० वर्षी सूर्य भट्ट, बैतडीकै पुर्चौंडी नगरपालिका–८ का ५० वर्षीय कालुसिंह धामी, धनगढी–३ का ३९ वर्षीय चन्द्रमणि अधिकारी, दार्चुलाको नौगाड गाउँपालिका–४ का ३३ वर्षीय जयसिंह धामी र दार्चुलाको महाकाली नगरपालिका–४ का ३८ वर्षीय मंगल ठगुन्ना छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतका अनुसार पक्राउ परेका १६ जनामाथि जुवा कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ११ : २९ बजे

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

सिन्धुपाल्चोक– तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।