२२ लाखको जुवा खालबाट कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित १६ जना पक्राउ « Khabarhub

२२ लाखको जुवा खालबाट कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित १६ जना पक्राउ


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको गोदावरी नगरपालिका–१० का निर्वाचित वडाध्यक्ष गुड्डु भनिने रवीन्द्र शाहीसहित १६ जना जुवाडे पक्राउ परेका छन् ।

जुव खेल्दै गरेको अवस्थामा आइतबार राति २२ लाख ८२ हजार रुपैयाँ नगदसहित नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहीसहित १६ जना जुवाडे पक्राउ परेका थिए ।

उनीहरुलाई धनगढी उपमहानगरपालिका–३ तिलक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका १६ जना जुवाडेलाई नै प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा १६ जनामा गोदावरी–१० का वडाध्यक्ष २८ वर्षीय शाही, कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का ३४ वर्षीय धीरेन्द्र चन्द, कञ्चनपुरकै बेलौरी नगरपालिका–१ का ३४ वर्षीय भुवन कुँवर, धनगढी उपमहानगरपालिका–३ का तिलक अधिकारी, धनगढी–१३ का ३४ वर्षीय रमेश खड्का, धनगढी–४ का ३५ वर्षीय खेमराज भट्ट, धनगढी–२ का ४१ वषई जनक दौल्याल, गोदावरी–१० का २८ वर्षीय सन्देश तामाङ, गोदावरी–३ का ३८ वर्षीय मोहन खड्का छन् ।

यस्तै, बैतडीको दशरथचन्द नगरपालिका–८ का ३१ वर्षी अमित गुरु, बझाङको जयपृथ्वी नगरपालिका–१० का ३५ वर्षीय प्रेमबहादुर सिंह, बैतडीको दशरथचन्द नगरपालिका–४ का ३० वर्षी सूर्य भट्ट, बैतडीकै पुर्चौंडी नगरपालिका–८ का ५० वर्षीय कालुसिंह धामी, धनगढी–३ का ३९ वर्षीय चन्द्रमणि अधिकारी, दार्चुलाको नौगाड गाउँपालिका–४ का ३३ वर्षीय जयसिंह धामी र दार्चुलाको महाकाली नगरपालिका–४ का ३८ वर्षीय मंगल ठगुन्ना छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतका अनुसार पक्राउ परेका १६ जनामाथि जुवा कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ११ : २९ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि