हजार रुपैयाँको नोटमा अब २ वटा हात्ती « Khabarhub

हजार रुपैयाँको नोटमा अब २ वटा हात्ती


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले हजार रुपैयाँको नोटमा दुईवटा हात्ती राख्ने भएको छ ।

अहिले प्रचलनमा रहेको नोटमा अफ्रिकन मूलको हात्तीको तस्वीर अंकित हुन पुगेको पाइएपछि राष्ट्र बैंकले हजार रुपैयाँको नयाँ नोटमा नेपालकै जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार हाल प्रचलनमा रहेको हजारको नोटमा एउटा हात्तीको चित्र भएको ठाउँमै अब दुईवटा हात्तीको चित्र राखिने छ ।

दुईवटा हात्तीको चित्र भएको नयाँ हजार रुपैयाँको नोट अबको ६ महिनासम्ममा प्रचलनामा आउने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ११ : ४६ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण