नेयमारले गरे हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ब्रायन्टलाई गोल समर्पण « Khabarhub

नेयमारले गरे हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ब्रायन्टलाई गोल समर्पण


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेयमारले आफ्नो गोल बास्केटबल लिजेण्ड कोबी ब्रायन्टलाई समर्पण गरेका छन् ।

लिग वानमा आइतबार भएको लिल्लेविरुद्ध पेरिस सेन्ट जर्मन (पीएलसजी) का लागि दुई गोल गरेका नेयमारले ब्रायन्टलाई आफ्नो गोल समर्पण गरेका हुन् ।

५ पटकका नेसनल बास्केटबल च्याम्पियन ब्रायन्ट र उनकी छोरीको आइतबार हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

लिल्लेलाई पीएसजीले २–० गोल अन्तरले पराजित गरेको थियो । उक्त दुवै गोल नेयमारले गरेका थिए ।

नेयमारले टोलीका लागि २८ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए । उनको उक्त पेनाल्टी गोल टीमको जीतका लागि निर्णायक बन्यो ।

नेयमारले पेनाल्टीमा गोल गरिसकेपछि आकाश तिर हेर्दै एक हातका दुई र अर्को हातका चार औंला उठाउँदै ब्रायन्टको जर्सि नम्बर २४ का लागि प्राथना गरेका थिए ।

बास्केटबलका प्रशंसक नेयमारले खेल सकिएपछि इन्टाग्राममा ब्रायन्टलाई लिजेण्ड भन्दै दु: ख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ११ : ५७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका