आशंका गरिएका २ मध्ये १ जनामा कोरोना संक्रमण भएको पुष्टि « Khabarhub

आशंका गरिएका २ मध्ये १ जनामा कोरोना संक्रमण भएको पुष्टि


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोवेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना पुरुषको परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । केही दिन अगाडि मात्रै १ जना ४८ वर्षीया महिला र २८ वर्षीया अर्का १ जना पुरुष गरी २ जनामा कोरोना भाइरस संक्रमणको आशंकामा स्याम्पल परीक्षणका हङकङ पठाइएको थियो ।

हङकङमा गरिएको परीक्षण पश्चात पुरुषमा कोरोनाको संक्रमण नभएको देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

स्याम्पल परीक्षणका लागि पठाइएकी महिलामा भने संक्रमण भएको भेटिएको अस्पताल स्रोतले जानकारी दियो ।

‘पछिल्लो समय १ महिला र १ पुरुषमा गरी २ जनामा कोरोना संक्रमणको आशंका गरिएको थियो । आशंकाका आधारमा स्याम्पल लिएर परीक्षणका लागि हङकङ पठाइएको थियो । हङकङमा गरिएको परीक्षणबाट महिलामा कोरोना भएको भेटियो भने पुरुषमा भने कुनै संक्रमण नभएको देखियो,’ अस्पताल स्रोतले खबरहबसँग भन्यो, ‘संक्रमण नदेखिएपछि पुरुषलाई डिस्चार्ज गरिएको छ ।’

कोरोनाको संक्रमण देखिएकी महिला केही दिन अगाडि चीनमा आयोजित एउटा कार्यक्रममा सहभागी भएर नेपाल फर्किएकी थिइन् ।

कोरोनाको संक्रमण देखिएकी महिलाको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ ।

यसअघि १ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भइसकेको छ । जससँगै नेपालमा अहिलेसम्म २ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसको कारण चीनमा मात्रै अहिलेसम्म करिब ८१ जनाको मृत्यु भइसकेको छ । चीनमा मात्रै करिब २ हजार ७ सय ४४ जनामा यसको संक्रमण देखिएको छ ।

चीनसँगै जापान, थाइल्याण्ड, दक्षिण कोरिया, ताइवान, मकाउ, हङकङ, संयुक्त राज्य अमेरिका, सिंगापुर, मलेसिया, भियतनाम, फ्रान्स, अस्ट्रेलिया र नेपालमा यसको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ३ : ३८ बजे

ऐन महरको टिप्पणी : सेनाकहाँ दौरासुरूवालमा जाने प्रधानमन्त्री फुटबल पोशाकमा सदन आउँछन्

काठमाडौं- नेपालले भारतीय भूमि मिचेको भनेर गम्भीर अभिव्यक्ति दिएसँगै प्रधानमन्त्री

इरान-अमेरिका तनाव फेरि चर्कियो

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र बन्दै

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै एमालेको प्रदर्शन

काठमाडौं– नेपाल-भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै नेकपा एमालेले

निश्कलले मागे प्रधानमन्त्रीसँग हिसाब : नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ?

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल–भारत

लेबनानमा इजरायली सैन्य कारबाहीप्रति जर्मनीको गम्भीर चिन्ता

बर्लिन- जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले दक्षिणी लेबनानमा इजरायली सेनाको थप