रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ « Khabarhub

रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवागढी नाकाबाट प्रहरीले साढे २ किलो सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।

ना १ झ ३५४२ नम्बरको टाटा सुमो गाडीमा सवार चालकसहितका ६ जनालाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए ।

‘उनीहरु चीनबाटै नेपाली नम्बरप्लेटको गाडीमा आएका भन्ने कुरा खुलेको छ । अहिलेसम्म साढे २ किलो सुन फेला परेको सूचना पाएका छौं,’ डिएसपी ढकालले खबरहबसँग भने ।

सुनसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३४ वर्षीय नवाङ नुर्फु तामाङ, सोही ठाउँका २४ वर्षी ग्याल्जेन शेर्पा, २३ वर्षीय शुक्ला लामा, ३२ वर्षीय सुवास तामाङ, १९ वर्षी साङ शेर्पा र सवारी चालक दोलखाको तामाकोशी गाउँपालिका–५ घर भएका २३ वर्षीय कुलनारायण श्रेष्ठ छन् ।

डिएसपी ढकालका अनुसार उनीहरुले ५ ओटा टुक्रामा विभाजन गरेर साढे २ किलो सुन ल्याएका थिए । २ वटा टुक्रा व्यक्तिका शरीरमा बाँधेको तथा ३ वटा टुक्रा गाडी चालकको सिज नजिकैको म्याटमा लुकाएर ल्याएको अवस्थामा बरामद भएको ढकालले जानकारी दिए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ३ : ५३ बजे

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई