कांग्रेस पार्टी कार्यालयमा नेविसंघका दुई पक्षबीच फेरि झडप | Khabarhub Khabarhub

कांग्रेस पार्टी कार्यालयमा नेविसंघका दुई पक्षबीच फेरि झडप


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच पार्टी कार्यालय सानेपामा झडप भएको छ ।

पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै सोमबार अपराह्न नेबीस‌ंघका नेताहरुबीच पुनः झडप भएको हो ।

यसअघि यही विषयलाई लिएर दिँउसो समेत झडप भएको थियो ।  विरोध प्रदर्शन गरिरहेको कुन्दनराज काफ्ले समूहमाथि हातपात र आक्रमण भएको उक्त समूहले दाबी गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जन गरेपछि दिउँसो संस्थापन समूहसँग हात हालाहाल भएको थियो ।

पूर्व महामन्त्री काफ्लेले भाषण गर्दै गर्दा संस्थापन पक्षका विद्यार्थीले गमला प्रहार गरेको आरोप काफ्ले समूहले लगाएको छ । गमलाले लागेर केही विद्यार्थी समेत घाइते भएका छन् । तर संस्थापन पक्षले भने सामान्य विवाद भएको दाबी गरेको छ ।

लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा समेत बसेको छ ।

नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ । तर संस्थापन पक्ष र अनन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि तनाव भएको हो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ७ : ०६ बजे

Nepatop

सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक

काठमाडौं – सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको

सन्दुक रुइतको नेतृत्वमा १५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया

ताप्लेजुङ – वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले

साफ यू–१६ फुटबल : भुटानविरुद्ध भारत ७–० ले विजयी

काठमाडाैं – भारतले आजदेखि काठमाडाैंमा शुरु भएको साफ यू–१६ महिला

फेब्रुवरीमा ९७ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम

नेपाली चलचित्रलाई सरकारले प्रोत्साहन गर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चलचित्र कला, संस्कृतिसँगै