कांग्रेस पार्टी कार्यालयमा नेविसंघका दुई पक्षबीच फेरि झडप « Khabarhub

कांग्रेस पार्टी कार्यालयमा नेविसंघका दुई पक्षबीच फेरि झडप


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच पार्टी कार्यालय सानेपामा झडप भएको छ ।

पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै सोमबार अपराह्न नेबीस‌ंघका नेताहरुबीच पुनः झडप भएको हो ।

यसअघि यही विषयलाई लिएर दिँउसो समेत झडप भएको थियो ।  विरोध प्रदर्शन गरिरहेको कुन्दनराज काफ्ले समूहमाथि हातपात र आक्रमण भएको उक्त समूहले दाबी गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जन गरेपछि दिउँसो संस्थापन समूहसँग हात हालाहाल भएको थियो ।

पूर्व महामन्त्री काफ्लेले भाषण गर्दै गर्दा संस्थापन पक्षका विद्यार्थीले गमला प्रहार गरेको आरोप काफ्ले समूहले लगाएको छ । गमलाले लागेर केही विद्यार्थी समेत घाइते भएका छन् । तर संस्थापन पक्षले भने सामान्य विवाद भएको दाबी गरेको छ ।

लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा समेत बसेको छ ।

नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ । तर संस्थापन पक्ष र अनन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि तनाव भएको हो ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ७ : ०६ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार