एसीसी इस्टर्न रिजन टी–२० खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान « Khabarhub

एसीसी इस्टर्न रिजन टी–२० खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली बिहीबार थाइल्याण्ड प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नै नेपाली टोलीलाई बिदाई गरेको थियो । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपालले यसअघि नै १४ सदस्यीय टोलीको घोषणा गरिसकेको थियो ।

नेपालले इस्टर्न रिजन च्याम्पियन बन्ने लक्ष्य राखेको छ । कप्तान मल्लले नेपालमा रहँदा राम्रो अभ्यास गरेको र त्यसको नतिजा थाइल्यान्डमा देखाउने बताए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, थाइल्यान्ड, मलेसिया र हङकङ रहेका छन् । प्रतियोगितामा नेपाल अन्य टोलीभन्दा तुलनात्मक रुपमा बलियो देखिएको छ ।

एक दिवसीय अन्तर्राष्ट्रिय  (ओडीआई) मान्यता पाएको नेपालले विपक्षीसँग सम्यम भएर खेल्ने कप्तान मल्लले बताए ।

टोलीको बिदाईमा उपस्थित भएका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली टीमलाई प्रतियोगिताका लागि शुभकामनासहित बिदाई गरे । उनले टोलीबाट सकारात्मक नतिजाको अपेक्षा रहेको समेत बताए । प्रतियोगिता यही फागुन १७ गतेदेखि २३ गतेसम्म हुनेछ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ५ : ११ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले