काठमाडौं मै पानीको स्रोतको खोजी र संरक्षण शुरु « Khabarhub

काठमाडौं मै पानीको स्रोतको खोजी र संरक्षण शुरु


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेलम्चीको पानी ल्याउने तयारी अघि बढिरहँदा काठमाडौँ उपत्यकामा नै भएका स्रोतको खोजी र संरक्षण शुरु भएको छ ।

पहिलो चरणको पानी आगामी असार मसान्तसम्ममा आउँदा त्यसको व्यविस्थत वितरणको तयारीसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाभित्रको स्रोत संरक्षणमा समेत ध्यान दिन थालेको हो ।

उपत्यकाभित्रको पानीको परिमाण बढाउन अहिले १२ स्थानमा ट्युबवेल खन्न शुरु गरिएको लिमिटेडले जनाएको छ ।

उपत्यकाका तीनै जिल्लामा यसअघि गरिएको अध्ययनका आधारमा खन्ने काम भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनले भने, ‘हामीले ठेक्का सम्झौतामार्फत खन्न शुरु गरिसकेका छौँ ।’

यसरी ट्युबवेलबाट झण्डै डेढ करोड लिटर खानेपानी थप हुने विश्वास गरिएको छ । मेलम्चीको पानीसँगै उपत्यकाभित्रको पानी थप हुँदा पानीको माग बढिरहे पनि त्यसलाई सम्बोधन हुने बताइएको छ । अन्यत्रबाट पानी ल्याउने मात्रैभन्दा भएका स्रोतको संरक्षण र उपत्यकाभित्रै खानेपानीको नयाँनयाँ स्रोतको पहिचानलाई प्राथमिकता दिइएको प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए ।

लिमिटेडले उपत्यकाभित्रको मुहानको दिगो संरक्षणकै लागि भनी गुरुयोजनासमेत बनाउँदैछ । यसमा भइरहेका मुहानको संरक्षणसँगै नयाँ मुहानको खोजी र तिनको उपयोगसमेत रहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए ।

लिमिटेडले गुरुयोजनामार्फत हाल भएका पानीको संरक्षण गरी पानीको स्रोत घट्न नदिने र उपत्यकाभित्र थप पानी उत्पादनको योजना समेट्नेछ । खानेपानीलाई संविधानले साझा अधिकारका रूपमा व्यवस्था गरेको छ । कसको अधिकार के हो र जिम्मेवारी के भन्ने कुरामा अझै अन्योल पाइन्छ ।

हाल खानेपानीसम्बन्धी विधेयकमाथि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा छलफल भइरहेको छ । विधेयकले खानेपानी क्षेत्रमा रहेका धेरै अन्योल हटाउने उहाँको भनाइ छ । खानेपानीको स्रोतमा कसको अधिकार भन्नेबारे धेरै स्थानमा विवाद आउन थालेको छ ।

काठमाडौँ उपत्यका बाहिरभन्दा उपत्यकामा विवाद कम छ । उपत्यकामा १० प्रतिशत मुहानमा विवाद देखिरहेको छ । उपत्यका बाहिरका विवादमा सरकार–सरकारबीचको भए पनि उपत्यकाको विवाद स्थानीयवासीसँग सम्बन्धित रहेको उनले बताए ।

स्रोत भएका पालिका वा वडाका स्थानीयवासीले पहिलो प्राथमिकता त्यस स्थानलाई दिनुपर्ने माग गर्न थालेका छन् । कतिपय जिल्लामा उपभोक्ता समितिसँग विवाद भए पनि उपत्यकामा उपभोक्ता समितिका कारण समस्या आइरहेको छैन । उनले भने, ‘उपत्यकामा उपभोक्ता समितिहरु सहयोगी भूमिकामा नै हुनुहुन्छ ।’

मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यका ल्याएर त्यसको व्यवस्थितरूपमा वितरण गर्ने जिम्मेवारीसँगै लिमिटेडले भएका स्रोतको व्यवस्थापन अघि बढाएको हो ।

मेलम्चीको पानी काठमाडौँ आइसकेपछि कुनकुन ठाउँमा कतिकति परिमाणमा वितरण गर्ने भनी आवश्यक तयारीको काम अघि बढाउन थालिएको छ । खानेपानी आएपछि कसरी व्यवस्थितरूपमा वितरण गर्ने भनी तयारीका लागि समिति बनेको छ ।

त्यसले अहिले कुन ठाउँका कति पानी आवश्यक छ र कसरी वितरण गर्न सकिन्छ भनी अध्ययन गरिरहेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ७ : ५५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई