कक्षा १० मा पढ्ने खड्काले आफैँले बनाएको गाडी चलाएरै देखाए « Khabarhub

कक्षा १० मा पढ्ने खड्काले आफैँले बनाएको गाडी चलाएरै देखाए


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन ।

बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई दङ्ग पारे ।

विद्यालयको २७ औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफैँले बनाएको विद्युत्बाट चल्ने गाडी(गो कार्ट) चलाएरै देखाएपछि सबैको स्यावासीमात्र पाएनन् विद्यालयले उनलाई सम्मान पनि गर्‍यो । उनीसँगै विद्यालयका विज्ञान शिक्षक योगराज पौडेललाई पनि कार्यक्रममा सम्मान गरियो ।

उनले बनाएको गाडी आफैँले मात्रै चलाएनन् अभिभावक दिवसका प्रमुख अतिथि पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समेत चलाए । सिकेका विषयलाई व्यवहारमा उतारेको भन्दै गुरुङले चँदराको प्रशंसा गरे ।

विज्ञान तथा प्रविधिमा रुचि राख्ने १६ वर्षीय चँदरा सामान्य परिवारका विद्यार्थी हुन् । विद्यालयमा सिकेको विषयलाई टपक्क टिप्दै त्यसलाई व्यवहारमा उतार्ने चँदरामा जिज्ञासु स्वभाव रहेको विद्यालयका प्रिन्सिपल विष्णुहरि पौडेल बताउँछन् ।

‘उनी जिज्ञासु छन्, यस अघि पनि उनले डोजर, जेसिभी, हाइड्रोलिक ब्रिज, सानो गाडी आदि बनाइसकेका छन्’, पौडेलले भने ।

हरेक विद्यार्थीमा हुने सिर्जनात्मकताको विकासका लागि विद्यालय परिवार एवं अभिभावकको महत्वपूर्ण भूमिका हुने उनले बताए । विद्यालयले गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी व्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्दै आफ्ना शैक्षिक कार्यक्रम अघि बढाइरहेको पौडेलले बताए ।

पर्वतको कुष्मा नगरपालिका–१ पाङ स्थायी बसोवास भई पेशा एवं व्यवसायका क्रममा चँदराको परिवार अहिले पोखरा–२७ रिठेपानीमा बस्दै आएको छ । उनका बुबा सोमबहादुर चँदराले रिठेपानीमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका छन् । बुबाले ग्रिल उद्योग चलाएका कारण गाडी बनाउनका लागि सामग्री जुटाउन आफूलाई निकै सजिलो भएको रुपेशले बताए ।

“झण्डै २० दिनमा तयार गरेको गाडीका सामग्री सङ्कलन गर्न मात्रै लगभग एक लाख २० हजार जति खर्च भएको छ”, उनले भने । आफूलाई नयाँ नयाँ सिर्जनाका लागि विद्यालय परिवारका साथै घरपरिवारबाट राम्रो साथ सहयोग प्राप्त भएको उनले बताए ।

विद्यालयका विद्यार्थीको सिर्जनात्मकता आफूहरूका लागि गौरवको विषय भएको संस्थापक देवी खड्का बताउँछन् । विद्यार्थीले नयाँ नयाँ सिर्जनाका साथै विभिन्न ठाउँमा भएका प्रतियोगितामा आफूलाई अब्बल सावित गरिसकेको बताउँदै उनले उनीहरूको सिर्जनात्मकतालाई उजागर गर्दै त्यसको वातावरण निर्माणका लागि विद्यालय सधैँ तयार रहेको बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ८ : ५३ बजे

ए डिभिजन लिग चैत ३० बाट सुरु हुने

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले सहिद स्मारक ए डिभिजन

छोराले एमालेबाट चुनाव जितेपछि बुवालाई कांग्रेसले पार्टीबाट निकाल्यो

काठमाडौं- नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमितिले एकजना कार्यकर्ता रामबहादुर महरलाई

निर्वाचनमा खटिएका कर्मचारीप्रति आयोगद्वारा आभार प्रकट

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि

सफलतापूर्वक निर्वाचन गराएकोमा चिनियाँ राजदूतले दिए नेपाल सरकारलाई धन्यवाद

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि  चिनियाँ राजदूत चाङ माओमिङले

रास्वपा घोषणापत्र : सहकारीका साना बचतकर्ताले असार २० गतेसम्म पाउन सक्छन् आफ्नो रकम ?

काठमाडौं– समस्याग्रस्त भएका सहकारीका साना बचतकर्ताले आगामी असार २० गतेसम्म