प्रियंका आफूभन्दा जेठी हुँदा निकलाई समस्या छ ? दिए यस्तो जवाफ « Khabarhub

प्रियंका आफूभन्दा जेठी हुँदा निकलाई समस्या छ ? दिए यस्तो जवाफ


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड र हलिउडका फ्यानका लागि निक जोनस र प्रियंका चोपडाको जोडी सधै चासोको विषय बनेको छ । यो जोडीले बिहे गरेको पनि एक वर्ष भइसक्यो ।

उमेरले प्रियंकाभन्दा निक जोनस १० वर्ष कान्छा छन् । निक यतिबेला २७ वर्षका भए भने प्रियंका ३७ वर्षकी भइन् । निक जोनसले यतिबेला एक शोमा निर्णायकको भूमिका निभाइरहेका छन् ।

‘द भ्वाइस’ नामक उक्त शोका दौरान अर्की निर्णायक क्याली क्लार्कसनले जिस्किँदै सोधिन् – मेरो उमेर ३७ हो, तपाईंको त शायद २७ हैन ?

यो प्रश्नपछि निकले बुझे कि, आखिर उनले के सोध्न खोजिरहेकी थिइन् । निकले जवाफ दिए – मेरी पत्नीको उमेर ३७ भयो । मलाई यो कुराले कुनै दिक्क लगाएको छैन ।

निकको यो जवाफ सुनेर उपस्थित दर्शकले ताली बजाएका थिए । निकले पनि उक्त मोमेन्टको रमाइलो लिए ।

निकअघि प्रियंकाले पनि यो खाले प्रश्नको सामना गर्नुपरेको थियो । एक अन्तर्वार्तामा प्रियंकाले पनि भनेकी थिइन् – यो कुराले मलाई फरक पर्दैन, मलाई लाग्छ कि मिडियाले हामीलाई ट्रोल बनाउनमा महत्त्व दिइरहेको छ, हामी यस्ता ट्रोलका बारेमा कुरा पनि गर्न चाहन्नौं ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ११ : ४७ बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको