माध्यमिकी परिक्रमा गर्ने टोली जलेश्वरमा « Khabarhub

माध्यमिकी परिक्रमा गर्ने टोली जलेश्वरमा


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- मिथिलाको ऐतिहासिक १५ दिने माध्यमिकी परिक्रमा गर्ने टोली जलेश्वर आइपुगेको छ ।

बुधबार महोत्तरीको मटिहानी आइपुगेको टोली बिहीबार मध्यान्ह जलेश्वर आइपुगेको हो ।

धनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट शुरु भएको यो परिक्रमामा भारतको कलना, फुलहर, करुणा र विसौललगायतका क्षेत्रका हजारौ व्यक्त सहभागि छन् ।

परिक्रमामा सहभागीहरुले “माथा पर मोटरी जय सियाराम, हरदम बोलु जय सिया राम” भन्दै हिँड्ने गरेको स्थानीयले बताएका छन् ।

विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमालाई मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा लिइन्छ ।

१ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी(सीता) अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा शरु भएको हो ।

अति नै कठोर मानिएको धर्मरक्षा उद्देश्यसहित परिवारमा सुख शान्ति, पाप र रोग व्याधिबाट मुक्ति लाभको कामना गर्दै परिक्रमामा आएका श्रद्धालुहरुको भनाइ छ ।

परिक्रमामा आएको किशोरी जी र मिथिला विहारीको डोलाको स्थानीयले स्वागत गरेका छन् । मटिहानीमा मटिहानी नगरपालिकाको मेयर हरिप्रसाद मण्डल लगायतका पदाधिकारीहरुले टोलीलाई स्वागत गरेका थिए ।

उनीहरुलाई निशुल्क खानाको व्यवस्था गरिएको थियो ।

शुभम साहबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १ : २७ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका