छोरा, बुहारी र नातिसहित दुर्घटनामा परे माले महासचिव मैनाली, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी « Khabarhub

छोरा, बुहारी र नातिसहित दुर्घटनामा परे माले महासचिव मैनाली, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मालेका महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् ।

उनी सवार गाडी महोत्तरीको बर्दिबासमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ ।

झापाबाट काठमाडौं तर्फ जाँदै गरेको मनौलीसहित परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी महासचिव मनौलीका छोरा, बुहारी, नाती र चालक समेत गरी पाँच जना घाईते भएका छन् ।

दुर्घटनामा परि मनौलीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् ।

दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईले जानकारी दिए ।

मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भिर चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको छ ।

गम्भिर घाईते दुवैलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याउने तयारी भईरहेको नेकपाका केन्द्रिय सदस्य प्रकाश पोखरेलले जानकारी दिए ।

अन्य घाईतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भईरहेको छ ।

तस्वीर: रेडियो नेपाल

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  २ : २४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले