फ्रान्स पठाइदिन्छु भन्दै ३८ लाख ठगी गरेको आरोपमा महिला पक्राउ « Khabarhub

फ्रान्स पठाइदिन्छु भन्दै ३८ लाख ठगी गरेको आरोपमा महिला पक्राउ


१५ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आकर्षक तलब पाउने गरी काम गर्न फ्रान्स पठाइदिने भन्दै ३ जना नेपालीबाट ३८ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा रुपेन्देहीको दूधराक्ष घर भइ काठमाडौंको मनमैजु बस्दै आएकी ४३ वर्षीया पूर्णिमा श्रीष छन् ।

प्रहरीका अनुसार फूड प्याकिङ गर्ने काम गर्ने गरी फ्रान्स पठाइदिने भन्दै ३ जनाबाट ३८ लाख ५० हजार रुपैयाँ उठाएकी थिइन् ।

तर, पैसा लिएको लामो समयसम्म पनि सम्पर्कमा नआएपछि पीडित युवाहरुले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।

पीडितमध्येका शीरबहादुर थापासहित ३ जनाले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले श्रीषलाई मनमैजुबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी श्रीषमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमारले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  २ : ४८ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले