मन्दिर पुग्ने बाटो बनाउँदा पनि भ्रष्टाचार, उपभोक्ता समितिका अध्यक्षविरुद्ध मुद्दा दर्ता | Khabarhub Khabarhub

मन्दिर पुग्ने बाटो बनाउँदा पनि भ्रष्टाचार, उपभोक्ता समितिका अध्यक्षविरुद्ध मुद्दा दर्ता


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्र्गत पर्ने साकेत धाम (विष्णु मन्दिर) क्षेत्रमा पदमार्ग (खुड्किला बनाउने) कार्यमा आर्थिक अनियमितता भएको पाइएको छ ।

भीमदत्त नगरपालिकाले उपभोक्ता समितिमार्फत मन्दिर परिसरमा खड्किला निर्माण गर्ने निर्णय गरेको थियो ।

मन्दिरमा खुड्किला निर्माणका लागि स्थानीय कर्ण बहादुर विष्टको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो ।

आर्थिक वर्ष २०६५/०६६ मा उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष विष्टले मन्दिर क्षेत्रमा खुड्किला निर्माण गर्ने भनेर ४ लाख ५० हजार रुपैयाँ पेश्की बुझेका थिए ।

तर, उनले उक्त रकम लिए पनि निर्माण कार्य गरेको नदेखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उजुरीमाथि अनुसन्धान गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्ष विष्टले आफूलाई गैरकानूनी लाभ पु¥याइ आर्थिक अनियमितता (भ्रष्टाचार) गरेको भेटिएको अख्तियारले जनाएको छ ।

अख्तियारले उपभोक्ता समितिका अध्यक्ष विष्टविरुद्ध ४ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ३ : २३ बजे

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो

सिन्दुर खेलेर हर्षोल्लासका साथ सम्पन्न गरियो गणेश जात्रा

भक्तपुर – उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश मन्दिरको मुख्यद्वारको

रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ

काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह